• बैशाख २३ २०८३, बुधबार

लोकतन्त्र र संविधानमाथि खतरा हुन थालेपछि गठबन्धन आवश्यक पर्‍यो : महरा

बैशाख १७ २०७९, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रियता, सङ्घीयता, लोकतन्त्र र संविधानमाथि खतरा हुन थालेपछि पाँच दलीय गठबन्धन गर्नु परेको बताएका छन् ।

गठबन्धनले आज तुलसीपुरमा गरेको प्रशिक्षण तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा प्रवक्ता महराले लोकतन्त्र, संविधान, राष्ट्रियताका लागि गठबन्धनको आवश्यकता परेको बताएका हुन् ।

प्रशिक्षण कार्यक्रममा उपस्थित कार्यकर्तालाई प्रवक्ता महराले ढुक्क भएर पाँच दलीय गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरे ।