काठमाडाैं । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने बताएको छ ।
एमाले जनसङ्गठन समन्वय समितिको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि ७५३ स्थानीय तहका हरेक मतदानस्थलमा २०० परिचालन गर्ने र ती स्वयंसेवकले मतदातालाई सहयोग र मतको संरक्षण गर्ने अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए।
यसपटकको निर्वाचनमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन्। स्वयंसेवकका रूपमा अनेरास्ववियु, राष्ट्रिय युवासङ्घ, भूपू सैनिक, खेलकुद महासङ्घ नेपालका नेता तथा कार्यकर्ता परिचालित हुने बताइएको छ ।