काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार अपराह्न ५ बजेसम्म ८ हजार जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । उनका अनुसार आसन्न स्थानीय तह निर्वाचनको लागि करिब एक लाख ५३ हजार उम्मेदवारी परेको थियो। अहिले सम्मको तथ्याङ्कले करिब एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ ।
प्रवक्ता शर्माले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने काम भइरहेको पनि बताए ।
शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको थियो । स्थानीय तह निर्वाचन यही वैशाख ३० गते हुँदैछ ।