काठमाडौँ। काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बनेका इञ्जिनियर तथा र्यापर बालेन शाहले ‘लौरो’ चुनाव चिह्न पाएका छन् ।
निर्वाचन आयोगले शनिबार मध्यान्ह उनलाई ‘लौरो’ चुनाव चिह्न दिएको हो ।
चुनाव चिह्न लिन उनी काठमाडौंको सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
चुनाव चिह्न लिइसकेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- चुनाव चिह्न लौरो, बूढाबूढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।
स्थानीय तह निर्वाचनका लागि यही वैशाख ३० गते मतदान हुँदैछ ।
