• बैशाख २३ २०८३, बुधबार

केशव स्थापितलाई कारवाही गर्न ४५ संघसंस्थाहरुको माग

बैशाख १७ २०७९, शनिबार

काठमाडौँ। नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरका मेयरका उम्मेदवार केशव स्थापितलाई कारवाही गर्न ४५ संघसंस्थाहरुले माग राखेका छन् ।

ती संघसंस्थाहरुले एक शनिबार एक विज्ञप्ति जारी गर्दै महिलाहरुलाई अपमान र अमानवीय व्यवहार गरेकाले कारवाही हुनुपर्ने माग राखेका हुन् ।

‘सार्वजनिक कार्यक्रममा कार्यक्रमहरुमा महिलालाई होच्याउने र चरित्र हत्या गर्नेजस्ता दिएका असंवेदनशील अभिव्यक्तिप्रति ओरेक महिला मानव अधिकार रक्षकहरुको राष्ष्ट्रिय संजाल लगायत अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ‚’ जारी विज्ञप्तिमा भनिएको छ ।

काठमाडौंका पूर्व मेयरसमेत रहेका स्थापितमाथि विगतदेखि नै महिला हिंसाको आरोप लाग्दै आएको छ । उनले केही दिनअघि मात्रै सार्वजनिक कार्यक्रममा महिलालाई अपमानजनक र अमानवीय व्यवहार गरेको आरोप लगाइएको छ ।

उक्त कार्यक्रममा उनलाई ‘मी टू’ आरोपसँग जोडेर प्रश्न गरिएपछि स्थापित यवतीमाथि जंगिएका थिए । उनले उक्त कार्यक्रममा युवतीमाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै ती संघसंस्थाहरुले कारवाहीको माग गरेका हुन् ।

त्यस्तै ती संस्थाहरुले स्थापितको उम्मेदवारी रद्द गर्नसमेत जोडदार माग गरेका छन् ।