• बैशाख २७ २०८३, आईतवार

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु ७ जना घाइते

बैशाख १६ २०७९, शुक्रबार

सिन्धुली । सिन्धुली तीनपाटन गाउँपालिका- ५ नक्कलेमा बोलेरो जिप दुर्घटना भएको छ । अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीको भित्री सडक खण्डअन्तर्गत पर्ने वाङरिङबाट चकमके भन्ने स्थानतर्फ कच्ची बाटो भएर मानिस र समान बाेकेर जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ०४५६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई​ सडकबाट करिब एकसय मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए अनुसार दुर्घटनामा सोही गाउँपालिकाको वडा नम्बर–९ आम्बोटे बस्ने ४५ वर्षीय तुलसीराम पहाडी, सोही स्थान बस्ने ५१ वर्षीय रामजी प्रसाद भण्डारी र कमलामाई नगरपालिका वडा नम्बर–७ बस्ने ३० वर्षीय रुपा मगरको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ७ जना घाइते भएको उनले बताए । घाइतेहरुको स्थानीय बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।