काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले
अराजनीतिक ढंगले ओलीले कांग्रेस र कांग्रेसको घोषणापत्रप्रति टिप्पणी गरेको बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा चुनावी गीत तथा प्रचारप्रसार सामाग्री सार्वजनिक कार्यक्रममा शर्माले निर्वाचनमा सवै दलले लोकतान्त्रिक संस्कृति देखाउनुपर्ने धारणा राख्दै मदन भण्डारीको पुस्तक पढ्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव दिएका हुन् ।
शर्माले शर्माले प्रचार अभियानलाई आवेगका साथ नभइ संयमका साथ अघि बढाउन आग्रह गरे । शर्माले कांग्रेसले सक्ने काम मात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै घोषणापत्रलाई जनतामाझ लैजान निर्देशन दिए ।