• बैशाख २३ २०८३, बुधबार

घोराहीमा गठबन्धनका उमेदवारले जारी गरे एउटै घोषणापत्र, के-के छन् कार्यक्रमहरु ?

बैशाख १६ २०७९, शुक्रबार

घोराही । दाङको घोराही उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनमा रहेका दलका उम्मेवारले एउटै चुनावी घोषणापत्र जारी गरेका छन् ।

उक्त घोषणा पत्रमा किसानलाई पेन्सनदेखि एक घर एक रोजगारी प्रदान गर्नेसम्मको योजना अघि सारिएको छ । घोषणा पत्रमा आगामी पाँच वर्षमा गरिने कामको प्राथमिकता तय गरिएको छ ।

गठबन्धनले घोषणा पत्रमा कृषि अर्थतन्त्रको प्रमुख आधार भएको भन्दै मुख्य प्राथामिकतामा राखिएको छ ।

‘अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार’ भन्ने नारालाई अघि सारेको छ । कृषकलाई कृषक परिचयपत्र बनाई कृषि विमा र कृषक पेन्सनको कार्यक्रम अघि बढाइने घोषणा पत्रमा उल्लेख छ ।

त्यस्तै शिक्षालाई दोस्रो प्रथामिकतामा राख्दै माध्यामिक तहसम्मको शिक्षालाई गुणस्तीय बनाउने र शिक्षालाई सबैको पहुँच पुर्याउने उल्लेख गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा अति विपन्न तथा मजदुर परिवारलाई निःशुल्क औषधी उपचार र स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने पनि सत्तारुढ दलको घोषणा पत्र उल्लेख छ ।

त्यस्तै रोजगारीका लागि ‘गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम सञ्चालन गर्ने र एक घर एक रोजगारी कार्यक्रमबाट रोजगारीलाई उत्पादनसँग जोड्ने भनिएको छ ।