• बैशाख २३ २०८३, बुधबार

उम्मेदवारी फिर्ता गराउन धाक धम्की र प्रलोभन नदेऊ : निर्वाचन आयोग

बैशाख १६ २०७९, शुक्रबार

काठमाडौँ। निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकाहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्की लगायतका हर्कत नगर्न राजनीतिक दल,तीनका भातृ संगठन र सरोकारवालाहरुलाई आग्रह गरेको छ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै कतिपय ठाउँमा स्वतन्‍त्र उम्मेदवारहरुलाई नेताहरूले उम्मेदवारी फिर्ता गराउन जबरजस्ती गरिरहेको घटनाहरु सार्वजनिक भएको भन्दै आयोगले उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्की लगायतका हर्कत नगर्न सरोकारवालाहरुलाई आग्रह गरेको हो ।

‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराउनु भएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानून र लोकतन्त्र माथि आघात पुर्‍याउने भएकोले यस्ता हर्कत् नगर्न नगराउन आयोग सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ।