काठमाडौै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस लिदाँलिदै पक्राउ परेका धनुषाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
२८ चैत २०७८ मा अख्तियारको बर्दिवासबाट खटेको टोलीले झाले जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग ५ लाख लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।
अनुसन्धानको सिलसिलामा झाले जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग सो रकम घुस लिएको पुष्टि हुन आएकोले सोही रकम बिगो माग्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।