• बैशाख २३ २०८३, बुधबार

लोसपाको चुनावी घोषणापत्र सार्वजनिक : बालबालिकालाई घरमै खोप,सार्वजनिक सवारी नि:शुल्क

बैशाख १६ २०७९, शुक्रबार

काठमाडौँ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष महन्त ठाकुर,नेता राजेन्द्र महतोलगायतको उपस्थितिमा शुक्रबार काठमाडौँको बबरमहल स्थित पार्टी केन्द्रीय कार्यालयमा यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा गुणस्तरीय खानेपानी, वडामा पर्याप्त बजेट छुट्याउने विषय समेटिएको छ ।

यस्तै, सहज र छरितो सरकारी सेवा, नगर सरसफाइ गरिने उल्लेख छ । सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, पर्याप्त चिकित्सक, बालबालिकालाई घरमै नियमित खोप उपलब्ध, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण गरिने भनिएको छ ।

यस्तै घोषणापत्रमा निशुल्क र व्यवहारिक शिक्षा, स्नातक र स्नातकोत्तरमा छात्रवृत्तीको व्यवस्था गरिने भनिएको छ ।

यस्तै, सडकको छेउमा अनिवार्य वृक्षारोपण गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने योजना पनि उल्लेख गरिएको छ ।