पोखरा । कांग्रेस कार्यकर्ताले आफ्नै पार्टी कार्यालय तोडफोड गरेको छ । गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले पोखरा कांग्रेस पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।
पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्दै तोडफोडमा उत्रिएका हुन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै तोडफोडमा उत्रिएका २३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।