• बैशाख २३ २०८३, बुधबार

गृहमन्त्री खाँणमाथि निर्वाचन आयोगको ध्यानाकर्षण

बैशाख १५ २०७९, बिहीबार

काठमाडौं । बागी उम्मेदवारलाई फकाउन आज बिहानै चितवन पुगेका गृहमन्त्री बालकृष्ण खाँणमाथि निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ ।

भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडललाई फकाउन गृहमन्त्री खाँण चितवन पुगेका थिए । बहालवाला मन्त्री नै उम्मेदवारी फिर्ता लिन लगाएको विषय निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

यसरी उम्मेदवारी दिएको व्यक्तिलाई बहालवाला मन्त्री नै फकाउन पुगेको विषयमआ निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त विषय आयोगको नोटिसमा रहेको बताए ।

गठबन्धन र त्यस सन्दर्भको कुरालाई लिएर र उहाँहरूको हिसाबमा उठ्न नपर्ने मान्छेहरू उठिदिनुभयो, अप्ठ्यारो भयो भन्ने हिसाबले मन्त्रीज्यूहरु नै गएको भन्ने जुन कुरा छ । पकै पनि आयोगको ध्यानाकर्षण भएको बताउदै उनले यसबारे आयोगले थप निर्णय गर्ने बताए ।