• मंसिर १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण

बैशाख १४ २०७९, बुधबार

काठमाडौँ। देशभर थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ११९ जनाको पीसीआर परीक्षणमा ८ जना र १ हजार ७७२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी जम्मा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट कसैको पनि मृत्‍यु नभएको मन्त्रालयले जनाएको छ।