• बैशाख २३ २०८३, बुधबार

नेकपा एसले मेयरको टिकट नदिएपछि मकवानपुरका अध्यक्षले पार्टी छाडे

बैशाख १४ २०७९, बुधबार

काठमाडौं । नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्यागको घोषणा गरेका छन् । स्थानीय तहको निर्वाचनको भागवण्डामा सत्तारुढ दलले बे-वास्ता गरेपछि पार्टीमा बस्न उचित नभएको भन्दै पार्टी छाडेको बताएका छन् ।

बुधबार दिउँसो हेटौँडामा पत्रकार सम्मेलन गरी अध्यक्ष पोख्रेलले जिल्लास्तरीय गठबन्धन संयन्त्र र टिकट वितरणका विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । पोख्रेलले ८ महिनाअघि समाजवादीको नेतृत्व सम्हालेका थिए ।

पार्टीबाट उनी हेटौँडा उपमहानरको मेयरका दाबेदार थिए । तर, पार्टीले जिल्ला उपाध्यक्ष मिना लामालाई मेयर बनाउने निर्णय गरेको थियो । पोख्रेल तत्कालीन एमालेमा रहँदा केपी शर्मा ओलीनिकट मानिन्थे । पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसँग असन्तुष्ट भएपछि उनी एकीकृत समाजवादीमा गएका थिए । पोख्रेलसँग पार्टी जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसी, देवेन्द्र कोइराला, उत्तम न्यौपाने, गोपालबहादुर स्याङ्तानले सामूहिक रूपमा पार्टी परित्याग गरेका हुन् ।