• बैशाख २३ २०८३, बुधबार

चुनावी घोषणापत्रमाथि ओलीको टिप्पणीविरुद्ध पत्रकार सम्मेलन गर्दै कांग्रेस

बैशाख १४ २०७९, बुधबार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीविरुद्ध नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ ।

कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । थापाले ओलीको अभिव्यक्तिबारे जवाफ दिने बताएका छन् ।

एमाले अध्यक्ष ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचकीय टिप्पणी गरेका थिए ।