काठमाडौं । नेपाली कांग्रेसले प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा काँग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले आफ्नो पार्टीले सार्वजनिक गरेको घोषणापत्रप्रति एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाए ।
ओलीले घोषणापत्रलाई लिएर आपत्तिजनक शब्दहरू प्रयोग गरेको भन्दै निर्वाचन आयोगले त्यसप्रति ध्यान नदिएकोमा प्रवक्ता महतले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराए ।