• बैशाख २३ २०८३, बुधबार

माओवादी केन्द्रद्वारा पार्टीको निर्णय विपरित मनोनयन दर्ता गर्ने ३ जनालाई कारबाही

बैशाख १३ २०७९, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले गठबन्धन भन्दा बाहिरको दलको चुनाव चिन्ह लिएर मनोनयन दर्ता गरेका ३ जनालाई कारबाही गरेको छ ।

माओवादी केन्द्र भोजपुर जिल्ला कमिटीले पार्टीको नीति, निर्णय र निर्देशन विपरित स्थानीय चुनावमा मनोनयन गरेको भन्दै ३ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

यसरी कारबाही गर्नेमा भोजपुर नगरपालिकाका मोहनसेन राई, षडादन्द नगरपालिकाका शेखर तामाङ र ओमकुमार श्रेष्ठ छन्।

भोजपुर पार्टी संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको निर्णय विपरित मनोनयन दर्ता गराएका उनीहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको काममा फर्किए पुर्नविचार गर्ने समेत बताएको छ ।

पार्टीको निर्णय विपरित जाने जुनसुकै तहका नेतालाई समेत अनुशासनको कारबाही गरिने भोजपुर पार्टीले जनाएको छ।