• बैशाख २७ २०८३, आईतवार

काठमाडौँको शिवपुरी निकुञ्जक्षेत्रमा भीषण आगलागी

बैशाख १३ २०७९, मंगलवार

काठमाडौँ। काठमाडौंकाे बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जकाे जंगलमा मंगलबार आगलागी भएको छ। मंगलबार अपरान्ह शुरु भएको आगलागी फैलिँदै गएको प्रहरीले जनाएको छ।

दिउँसो १ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन। निभाउनका लागि हेलिकप्टरबाट पानी खसाल्न थालिएको छ।

प्रहरीका अनुसार अहिलेसम्म आगो के कारणले लगोको पत्ता लागेको छैन। आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन्।