दाङ, १३ बैशाख ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि दाङका राजनीतिक दलहरु कतै गठबन्धन त कतै मित्रवत रुपमा प्रतिष्प्रर्धा गर्ने भएका छन् । गठबन्धनमा रहेका ५ राजनीतिक दलहरुबिच भागबण्डामा कुरा नमिलेका ठाँउहरुमा एक्लाएक्लै चुनाव लड्ने भएका हुन् ।
जिल्लाका ७ वटा स्थानीय तहमा प्रमुख तीन राजनीतिक दलहरु एक्लाएक्लै भिड्ने भएका छन् भने तीनवटा स्थानीय तहमा भने गठबन्धन भएको छ । गठबन्धन भएका स्थानीयतहरुमा घोराही र तुलसीपुर उपमहानगरपालिका र बंगलाचुली गाँउपालिका रहेका छन् ।
जिल्लाको राप्ति गाँउपालिकामा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाको गठबन्धन भएको छ । संयुक्त गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट प्रकाश विष्टले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाको तर्फबाट केशवराज खनालले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै नेपाली कांग्रेसबाट जगदम्बा कुमारी चौधरीले अध्यक्षमा हरी भुषालले उपाध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । त्यस्तै एमालेबाट अध्यक्षमा जगत पोख्रलले अध्यक्षमा र कमलापति चौधरीले उपाध्यक्षमा उमेदवारी दर्ता गराएकी छिन् ।
त्यस्तै लमही नगरपालिकामा नेपाली कांग्रेसबाट जोगराज चौधरीले मेयरमा र लक्ष्मी योगीले उपमेयरमा उमेदवारी दर्ता गराएका छन् भने एमालेबाट मेयरमा डण्डीराम चौधरी र उपमेयरमा शुसिला शर्माले उमेद्वारी दर्ता गराएका छन् ।
नेकपा माओवादी केन्द्रबाट मेयरमा बसन्त शर्मा ‘विक्रान्त’ र उपमेयरमा गंगा पाण्डेले उमेदवारी दर्ता गाएका छन् । उता गढवा गाँउपालिकामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा समाजवादी बिच गठबन्धन भएको छ ।
गठबन्धनको तर्फबाट मोओवादीका यमनारायण पोख्रेल ‘विश्वास’ले अध्यक्षमा र नेकपा समाजवादीकी शान्ती चौधरीले उपाध्यक्षमा उमेदवारी दर्ता गराएकी छिन् । नेपाली कांग्रेसबाट सर्वजीत जिसी अध्यक्ष र शारदा चौधरीले उपाध्यक्षमा उमेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट सहजराम चौधरी अध्यक्ष र सीता चौधरीले उपाध्यक्षमा उमेदवारी दर्ता गराएका छन् ।
त्यस्तै राजपुर गाँउपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा शरदकुमार बुढाथोकी र उपाध्यक्षमा धनपति चौधरीले उमेदवारी दिएका छन् भने नेकपा माओवादी केन्द्रबाट चक्रबहादुर खड्का ‘शिखर’ले अध्यक्षमा र पुष्पा यादवले उपाध्यक्षमा उमेदवारी दिएकाछन् ।
उता शान्तिनगर गाँउपालिकामा पनि गठबन्धन भत्किएपछि एक्लाएक्लै उमेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसबाट अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी, एमालेबाट अध्यक्षमा विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारीले उमेदवारी दर्ता गराएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट मोहनलाल वलीले अध्यक्षमा र राधिका परियारले उपाध्यक्षमा उमेद्वारी दर्ता गराएकी छिन् । उता बबई गाँउपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा कुलबहादुर केसी र उपाध्यक्षमा बमकुमारी खड्काले उमेदवारी दर्ता गराएका छन् भने एमालेबाट भुवनेश्वर पौडेलले अध्यक्षमा र शावित्रा विश्वकर्माले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट भिमबहादुर वली अध्यक्ष तथा अञ्जु घर्तीले उपाध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी दंगिीशरण गाँउपालिकामा पनि तिन प्रमुख राजनीतिक दलले छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पीमाकुमारी खड्का, नेकपा एमालेवाट एमएम शाह अध्यक्षमा र बुधनी चौधरी उपाध्यक्ष र माओवादी केन्द्रबाट मनिराम चौधरी अध्यक्ष तथा विनिता चौधरीले उपाध्यक्षमा उमेदवारी दर्ता गराएका छन् ।
यता घोराही उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मेयरमा हेमराज शर्मा ‘डायमण्ड’ र उपमेयरमा नेपाली कांग्रेसका भुपबहादुर डाँगीले उमेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट नरुलाल चौधरीले मेयरमा र हुमा डिसीले उपमेयरमा उमेदवारी दर्ता गराएका छन् ।
त्यस्तै बंगलाचुली गाँउपालिकामा अध्यक्षमा नेकपा माओवादी केन्द्रका तुल्सीराम पुन ‘सुवास’ अध्यक्षमा र नेपाली कांग्रेसका उपाध्यक्षमा भक्तबहादुर जिसीले उमेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट भेषराज खत्री अध्यक्षमा र सरस्वता घर्तीले उपाध्यक्षमा उमेदवारी दर्ता गराएका छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरीले मेयरमा र नेकपा समाजवादीबाट जोगबहादुर रानाले उपाध्यक्षमा उमेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेवाट टिकाराम खड्काले मेयरमा र स्यानी चौधरीले उपमेयरमा उमेदवारी दिएकी छिन् । गठबन्धनमा रहेका दलहरुले छुट्टाछुट्टै उमेदवारी दर्ता गराएपनि अझैपनि वार्ताको माध्यमबाट टुङ्गाउन सकिने बताएका छन् ।