काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सत्ता टिकाइ राख्ने मात्रै चासो रहेको आरोप लगाएका छन् ।
२३ औं मनमोहन स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई देश र जनताका बारेमा कुनै चिन्ता नभएको भन्दै यस्तो बताएका हुन् । ओलीले कांग्रेससँग देश बनाउने एजेन्डा नै नभएको समेत बताएका छन् ।
‘कांग्रेसको चुनावी घोषणापत्र लद्दु विद्यार्थीको चिट चोराइ जस्तो छ, जनताले त पढ्दै पढ्दैन ।’ओलीले भने, नेपाली कांग्रेस चिन्नको लागि हामीले धैर्यताका लागि पढ्न जरुरी हुन्छ । कांग्रेसको घोषणापत्र आफ्नै मुखबाट बकपत्र हो । कांग्रेस के हो ,’ । उनले देश बनाउने भिजनबारे देउवालाई सोध्न समेत सुझाव दिएका छन् ।उनले कांग्रेसको घोषणापत्र देख्दा आफूलाई दया लागेको पनि बताएका छन् ।
यस्तै अध्यक्ष ओलीले चुनावमा घोषणापत्र नै जारी गर्न नसकेको भन्दै माओवादी केन्द्रप्रति कटाक्ष गरेका छन् ।