काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि भोलि मंगलबारबाट मतपत्र ढुवानी सुरु गर्ने तयारी गरिएको छ ।
निर्वाचनको लागि आवश्यक पर्ने मतपत्रको ८० प्रतिशत छपाई सकिएको जानकारी दिदैं निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो कुरा बताएका हुन् ।
आयोगको पत्रकार सम्मेलन मतपत्र छपाईलगायत निर्वाचन तयारीबारे प्रवक्ता पौडेलले जानकारी दिदैं सोमबारसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाइ सकिएको र बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको जानकारी दिए । स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ ।