काठमाडौँ। सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् । सोमबार राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
गठबन्धन दलबीच चुनावी तालमेल हुँदा काठमाडौंको मेयर कांग्रेसले पाएको थियो भने उपमेयर नेकपा एकीकृत समाजवादीले पाएको छ ।