• बैशाख २४ २०८३, बिहीबार

भरतपुर महानगरमा रेनु र चित्रसेनको उम्मेदवारी दर्ता

बैशाख १२ २०७९, सोमबार

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् । निर्वाचन अधिकृतको कार्यालयमा र्‍यालीसहित पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।

यस्तै उप मेयरमा गठबन्धनकै साझा उम्मेदवारको रुपमा काँग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
अधिकारी काँग्रेसको भरतपुर महानगरपालिका कमिटीका सभापति हुन् ।