• बैशाख २४ २०८३, बिहीबार

एमालेले लगायो काठमाडौंका १० वटै नगरमा उमेदवारको टुंगो, कहाँबाट को उठ्दै ?

बैशाख १२ २०७९, सोमबार

काठमाडौं । काठमाडौंको १ महानगरपालिका र १० वटा नगरपालिकाका लागि एमालेले प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएको छ ।

यससँगै उम्मेदवारी दर्ताको क्रम पनि शुरु भएको छ । एमालेले सोमबार काठमाडौंका  सम्पूर्ण  पालिकाहरुको उम्मेदवार टुङ्गो लगाएको एमाले नेता कृष्ण राईले जानकारी दिए ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेका उम्मेदवारहरूमा काठमाडौं महानगर प्रमुखमा केशव स्थापित, उपप्रमुखमा सुनिता डंगोल, शंखरापुर नगरपालिका प्रमुखमा कृष्णलाल बजगाईं, उपप्रमुखमा लक्ष्मी केसी, कागेश्वरी मनोहरा नगरपालिका प्रमुखमा रामशरण ढुङ्गाना, उपप्रमुखमा अनिता लामा, गोकणर्ेश्वर नगरपालिका प्रमुखमा उद्धव विष्ट, उपप्रमुखमा सान्नानी विष्ट रहेका छन् ।

नागार्जुन नगरपालिका प्रमुखमा नन्दनहरी गौतम, उपप्रमुखमा सुशीला अधिकारी, टोखा नगरपालिका प्रमुखका लागि प्रकाश अधिकारी, उपप्रमुखका लागि ज्ञानमाया डंगोल, तारकेश्वर नगरपालिका प्रमुखका लागि रामेश्वर बोहोरा, उपप्रमुखका लागि भवानी डोटेल, चन्द्रागिरी नगरपालिका प्रमुखका लागि उत्तमबहादुर राउत, उपप्रमुखका लागि वसन्ती श्रेष्ठ, दक्षिणकाली नगर प्रमुखका लागि श्रीराम आर्चाय, उपप्रमुखका लागि इन्दिरा न्यौपाने रहेका छन् ।

यस्तै काठमाडौंका पालिकामा एमालेले कुनै दलसँग गठबन्धन नगरी एकल रुपमा प्रतिस्पर्धा गर्ने नेता राईले बताए ।