• बैशाख २२ २०८३, मंगलवार

चुनावी प्रचार स्वरुप साडी वितरण गर्न लागेको एक वडामा प्रहरीको छापा

बैशाख १० २०७९, शनिबार

काठमाडाैं ।  निर्वाचन आचारसंहिता विपरित काठमाडौंको चन्द्रागिरि नगरपालिकाको एक वडाले महिलाहरूलाई वितरण गर्न लागेको साडी प्रहरीले बरामद गरेकाे छ।

नगरापालिकाकाे वडा नम्बर ८ को कार्यलयबाट ११० थान साडी प्रहरीले बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

वडाध्यक्ष सन्तोष खड्काद्वारा हस्ताक्षरित एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागेको उल्लेख गरिएको छ।

निर्वाचन आयोगकाे निर्देशनमा प्रहरीले वडा कार्यालयकाे भवनबाट एक सय १० थान साडी बरामद गरेको हो।