कैलाली । स्थानीय तहको निर्वाचनमा भारतसंग सीमा जोडिएका जिल्ला नाका ७२ घण्टासम्म बन्द गरिने भएको छ ।
नेपाल भारत सीमा समन्वय समितिको शनिबार कैलालीमा सम्पन्न बैठकमा नेपाल–भारतका सीमा जोडिएका जिल्लाहरूका सीमा सुरक्षा अधिकारीहरू बिच भएको भेटवार्तामा निर्वाचनका बेला भारतसंग सीमा जोडिएका जिल्लाका सीमा नाकामा ४८ घण्टा अघिदेखि ७२ घण्टासम्म बन्द गर्ने निर्णय भएको हो ।
शनिवार दुई देशका सुरक्षा अधिकारीहरूको उपस्थितिमा कैलालीको गोदावरीमा बैठक सम्पन्न भएको हो ।
भारतीय प्रशासनको प्रतिनिधित्व गर्दै लखिमपुर खिरीका सहायक जिल्ला अधिकारी सञ्जय कुमार सिंहले नेपालमा हुन गइरहेको स्थानीय तहको चुनाव भयरहित, निष्पक्ष र धाँधलीमुक्त तरिकाले सम्पन्न गर्न पूर्ण सहयोग गर्ने बताए ।