काठमाडाैं । नेपालमा घरभित्रको वायु प्रदूषणका कारण हरेक वर्ष २२ हजारभन्दा धेरैको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
घएभित्रको वायु प्रदुषण जस्तै खाना पकाउनका लागि अत्यधिक मात्रामा दाउरा, गुइँठालगायतको प्रयोग गर्दा धुँवा उत्पन्न हुने र त्यसले मानव स्वास्थ्यमा मात्रै नभइ वातावरणमा समेत प्रत्यक्ष प्रभाव परेको सङ्गठनले जनाएको छ ।
नेपाल ऊर्जा प्रतिष्ठानका कार्यकारी निर्देशक डिल्ली घिमिरेले सरकारले सन् २०३० सम्ममा दिगो विकासको प्रतिबद्धता पूरा गर्न पनि खाना पकाउने ऊर्जालाई सफा ऊर्जामा रुपान्तरण गरी दिगो, सुलभ र आधुनिक ऊर्जा सेवामा पहुँचको ध्येय राख्दै गर्दा गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।