काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
सत्तारूढ दल नेपाली कांग्रेसका नेताहरुको व्यस्तताका कारण आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
कांग्रेसले भोलि बस्ने बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेको छ ।