• बैशाख २७ २०८३, आईतवार

दाङको एक मस्जिदमा अज्ञात समूहको आक्रमण, ८ जना घाइते

बैशाख ९ २०७९, शुक्रबार

दाङ । दाङको एक मस्जिदमा अज्ञात समुहले आक्रमण गरेको छ । आक्रमणमा परी नमाज पढिरहेका ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने अन्य ७ जनाको अवस्था सामान्य रहेको बताइएको छ।

लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गरेका थिए ।

उक्त घटनामा ८ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार लमही नगरपालिका-५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् ।

उनको टाउकोमा गहिरोचोट लागेको छ । त्यस्तै सोही ठाउँ बस्ने ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याकदिन अली घाइते भएको थापाले बताएका छन् ।

घाइतेहरूमध्ये ४ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जनाको जानकी मेडिकलमा उपचार भइरहेको बताइएको छ