• बैशाख २४ २०८३, बिहीबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई भेट्न पुगे डब्ल्यूएचओका महानिर्देशक गेब्रेयसस

बैशाख ८ २०७९, बिहीबार

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गरेका छन् ।

तीनदिने भ्रमणका क्रममा आज नेपाल आएका महानिर्देशक गेब्रेयससले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेअत गरेमा हुन् ।

अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीको समयमा संसारभरिका मानिसको जीवन बचाउनका लागि डब्ल्यूएचओले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाललाई कोभिड–१९ नियन्त्रण तथा यसविरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद दिए ।

डब्ल्यूएचओका महानिर्देशक डा. गेब्रेयससले नेपालको संसद्को नेतृत्वकर्ताका रूपमा अध्यक्ष तिमिल्सिनालाई स्वास्थ्य क्षेत्रमा राखेको चासोबाट आफू प्रभावित भएको बताए ।