• मंसिर १३ २०८१, बिहीबार

भारतमा कोरोना संक्रमण दर बढेपछि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

बैशाख ८ २०७९, बिहीबार

काठमाडौं । भारतमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. सङ्गीताकौशल मिश्राले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक भारतमा बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेकी हुन्।

‘कोभिड-१९ को सङ्क्रमण भारतलगायत छिमेकी राष्ट्रमा पछिल्लो केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायम नै रहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्ड पालना गर्न/गराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ’, उनले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ।