• बैशाख २७ २०८३, आईतवार

अछाममा सेनाको गाडी दुर्घटना हुँदा ५ जना घाइते

बैशाख ७ २०७९, बुधबार

अछाम । अछाममा नेपाली सेनाको गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ८ चण्डिकाको जमालगाउँमा बुधबार सेनाको गाडी दुर्घटना भएको हो ।

सेनाको गाडी स्थानीय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोटतर्फ गइरहेको ३० जना बढी सेना सवार गाडी (भ्यान) दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।