काठमाडौं – नेपाल सरकार गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा आवश्यक परे हवाइ गस्ती गर्ने बताएका छन् ।
गृहजिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा खाँणले जनताको नजिकको सरकार भएकाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गर्दै सो कुरा बताएका हुन् ।
गृहमन्त्री खाँणले पहिले स्थानीय तहको निर्वाचन विभिन्न चरण हुने गरे पनि अहिले एकैपटकमा एकैदिन गर्न लागिएकाले सुरक्षा चुनौती हुनसक्ने भएको बताउदै सुरक्षा निकायसँगको समन्वयमा उचित प्रबन्ध गरिएको जानकारी दिए ।