काठमाडौँ। सत्तारुढ गठबन्धनको बैठकले उपमहानगरमा पनि भागबण्डा टुंग्याएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले ११ वटा उपमहानगरमा भागबण्डा टुंग्याएको हो। योसँगै आसन्न स्थानीय निर्वाचनका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको भागबण्डा मिलेको छ।
जसअनुसार उपमहानगरमा कांग्रेसले सात, माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक/एक पाउने भएका छन्।
सत्तारुढ गठबन्धनले महानगरपालिकाको भागवण्डा भने मंगलबार नै टुंग्याएका थिए ।

