• बैशाख २२ २०८३, मंगलवार

हरेक वर्ष वैशाख ७ मा युवा उत्सव मनाउने एमालेको घोषणा

बैशाख ७ २०७९, बुधबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष वैशाख ७ गते युवा उत्सव मनाउने घोषणा गरेका छन् । बुधबार ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रमा अध्यक्ष ओलीले हरेक वर्षको वैशाख ७ गते युवा उत्सव मनाउने र युवासँग अन्तरक्रिया गर्ने बताएका हुन् ।

‘प्रत्येक वर्षको वैशाख ७ गते युवा उत्सवको रुपमा मनाउने छौं‚’ ओलीले भने, ‘युवाहरूको फिलिङ वा आकांक्षाहरूको सन्दर्भमा कुरा सुन्ने छौैं । त्यस विषयमा दृष्टिकोण पनि प्रस्तुत हुने पहिलो प्रयास हो ।’

उनले युवा विद्यार्थी र संगठन मात्रै नभएर विभिन्न क्षेत्रका युवाको अनुभूतिहरूलाई पनि यसमा समावेश गरिने बताए।