• बैशाख २६ २०८३, शनिबार

वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकाको धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन

बैशाख ६ २०७९, मंगलवार

काठमाडौं । यही वैशाख ११ गतेदेखि खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकाको धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी सोमबार राति सुन्दरीजलमा आइपुगेपछि आज प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरुलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

संविधानमा स्वच्छ खानेपानी र सफाइको हक उल्लेख गरिएकाले पनि पानीबाट कसैलाई वञ्चित नगर्न मन्त्री चौधरीले निर्देशन दिदैं काठमाडौँ उपत्यकाका १० वटै पानीपोखरीबाट समानुपातिक रुपमा पानी वितरण गर्न आह्वान गरे ।

काठमाडौँ उपत्यकामा हाल तीन लाख ३७ हजार धारा रहेकामा मेलम्चीको पानी वितरणका लागि थप एक लाख ६० हजार धारा निर्माण गरिसकिएको उनले जानकारी दिए ।

गत वर्ष असार १ गतेको बाढीका कारण मुहान क्षेत्रका संरचना भत्किएपछि अवरुद्ध भएको थियो मेलम्ची आयोजनाले अहिले अस्थायीरुपमा पानी ल्याउन लागेको हो । वर्षा लागेसँगै फेरि पानी बन्द गरिने र फेरि वर्षा कम भएपछि पानी पुनः ल्याउने तयारी गरिएको बताइएको छ ।