काठमाडाैं । इन्द्रायणी मन्दिरबाट चोरिएका मुर्तिहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडाैं नागार्जुन नगरपालिका- ६ फस्कुस्थित सडकखण्डमा एकजना पुरुष व्यक्तिले प्लाष्टिकको बोराभित्र मुर्ति लगायतका पुजा आजाका सामानहरु लुकाई छिपाई हिडिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा सिन्धुली जिल्ला दुधौली नगरपालिका-४ डाँकाबजार घर भई हाल काठमाडाैं- १४ कलंकी खड्कागाऊँ बस्ने वर्ष ३० को उमेश खड्का र धादिङ जिवनपुर-४ का हाल धुनीवेशी नगरपालिका-४ घर भएका वर्ष ५६ को कान्छा मगर रहेका छन् । खड्काले बोराभित्र मुर्ति लगायतका पुजा आजाका सामानहरु लुकाई छिपाई लैजादै गरेको अवस्थामा फेला पारी बरामद सामानसहित निजलाई प्रहरी बृत्त स्यम्भूबाट खटिएको प्रहरी टोलीद्वारा नियन्त्रणमा लिइएको हाे।
उक्त मुर्तिहरु नागार्जुन नगरपालिका-७ गोदामथोक बतासेपाखास्थित इन्द्रायणी मन्दिरबाट कान्छा मगरसमेतको मिलेमतोमा चोरी गरेको भन्ने खुल्न आएकोले निज कान्छा मगरलाई समेत काठमाडाैं-१५ सितापाइलाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।
उनीहरुकाे साथबाट तामाको ठुलो कलश १ थान,तामाको स-साना कलश २ थान,तामाको अर्ग १ थान,पित्तलको सानो घण्टी १ थान,सेतो शंङ्ख १ थान,माटोको गणेशको मुर्ति १ थान,कालो रङ्गको शिवलिङ्ग २ थ्क्क्न,सिल्भरको शिव, पार्वती र गणेशको मुर्ति २ थान,किटको शिव, पार्वती र गणेशको मुर्ति १ थान,सिल्भरको श्रीकृष्णको मुर्ति १ थान,सल्भरको शिवको मुर्ति १ थान र किटको दुर्गा माताको मुर्ति १ थान बरामद गरिएको हो । घटनाको सम्बन्धमाथप अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।