• बैशाख २४ २०८३, बिहीबार

महानगरहरुमा गठबन्धनको मिल्यो भागबण्डा, कांग्रेसको भागमा कति ?

बैशाख ६ २०७९, मंगलवार

काठमाडौँ। सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनको भागबण्डामा सहमति जुटाएको छ।

बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसलाई ३ महानगर तथा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एक/एक महानगर दिने सहमति भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डा प्रेस संयोजक रमेश मल्लले जानकारी दिए।

६ महानगर र ११ उपमहानगरको भागबन्डामा सहमति जुटाउन सोमवारदेखि गठबन्धनको बैठकमा छलफल भएको थियो।

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिकामा उम्मेदवार उठाउने छ भने माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा उम्मेदवार उठाउने सहमति भएको छ।

यस्तै, एकीकृत समाजवादीले पोखरा महानगरपालिका पाउँदा जनता समाजवादी पार्टीले वीरगंज महानगरपालिकाको भाग पाएको छ।

सत्तारुढ गठबन्धनमा भागबन्डा मिले पनि कांग्रेसका स्थानीय नेताहरु भने असन्तुष्ट छन्। पोखराका नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोखरा छोड्न नसक्ने बताएको थियो। यस्तै, भरतपुरका नेताहरु पनि गठबन्धनको विपक्षमा छन्।