• बैशाख २४ २०८३, बिहीबार

नेकपा (एस)ले सार्वजनिक गर्यो स्थानीय तह निर्वाचनको घोषणा पत्र (पत्रसहित)

बैशाख ६ २०७९, मंगलवार

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले आसन्न स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए ।

त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैं बनाऔं’ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।