काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
काठमाडौँको वीर अस्पतालमा पाँच दिनसम्म टाउकोमा जमेको रगतको उपचारपछि आज साँझ डिस्चार्ज भएकी हुन् ।
अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिए ।
केही दिनअघि राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएको र एमआरआई गराउँदा टाउकोमा रगत जमेको देखिएपछि उहाँलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।