• बैशाख २४ २०८३, बिहीबार

निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

बैशाख ४ २०७९, आईतवार

काठमाडौँ। निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध सर्वोच्च अदालत गएका छन्।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी आइतबार सर्वोच्च अदालत गएका हुन्।

अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेको सर्वोच्चले जनाएको छ।