काठमाडौँ। सत्ता गठबन्धनले भोलिसम्म महानगर/उपमहानगरका उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ ।
वालुवाटारमा आइतबार बसेको गठबन्धनका शिर्ष नेतृत्वको बैठकले भोलि सोमबारसम्म महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउने निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा केही पालिकाहरुमा उम्मेदवारीको विषयमा समस्या देखिनथालेपछि शीर्ष नेताहरुबीच भोलिसम्म उम्मेवदार टुंगोलगाउने विषयमा सहमति जुटेको माओवादीका अध्यक्ष प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।
उनले बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने समेत निर्णय भएको जानकारी दिए ।