काठमाडौँ। राप्रपा नेपाल चितवनका जिल्ला अध्यक्ष विष्णुप्रसाद खरालको घरमा गएराति तोडफोड भएको छ।
भरतपुर महानगरपालिका–५ स्थित घरमा गएराति तोडफोड भएको हो। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले चितवन अध्यक्ष खरालको घरमा तोडफोड भएको पुष्टि गरेका छन्।
‘तोडफोडबाट घरका झ्यालका सिसाहरु फुटेका छन्,’ बर्तौलाले भने, ‘यो आक्रमण निन्दनीय छ। म यसको भर्त्सना गर्दछु।’
घरमा तोडफोड गर्नेको पहिचान नभएको प्रहरीले जनाएको छ। आक्रमण गर्नेलाई पहिचान गरी कानुनअनुसार कारबाही गर्न राप्रपाले स्थानीय प्रशासनसँग माग गरेको छ।