• बैशाख २६ २०८३, शनिबार

१४ लाख बराबरको मोटरको सामान बरामद

बैशाख ३ २०७९, शनिबार

इलाम ।  इलामबाट झापातर्फ जाँदै गरेको पिकअप गाडीबाट प्रहरीले १४ लाख बराबरको मोटरका सामग्री बरामद गरेको छ।

इलाम रोङ गाउँपालिका-४ किटेनीस्थित मानेबुङ जाने भित्री सडकखण्डबाट रु १४ लाख ३७ हजार ३०० बराबरको मोटरका सामग्री बरामद गरेको हो।

  वैशाख १ गते सामान पक्राउ गरिएको उक्त सामान आज सार्वजनिक गरेको हो ।

प्रदेश नं १-०१-००१च ७६९१ नंको पिकअप गाडीबाट सो सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर थापाले जानकारी दिए।

प्रहरीले सो गाडी नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको जनाएको छ ।