• बैशाख २४ २०८३, बिहीबार

देशैभर गठबन्धन गर्न सकिँदैन,भरतपुरमा कांग्रेसबाट मेयर हुनुपर्छ : महामन्त्री शर्मा

बैशाख ३ २०७९, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चितवनको भरतपुर महानगरमा कांग्रेसबाट मेयर बन्नुपर्ने बताएका छन् ।

आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री शर्माले यसपटक भरतपुर महानगरको मेयर अरू पार्टीलाई छाड्न नहुने बताए । ०७४ मा कांग्रेसले नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहाललाई समर्थन गरेको बताउदै महामन्त्री शर्माले अब वैशाख ३० मा हुने स्थानीय चुनावमा सत्तागठबन्धनले तालमेल गर्ने भने पनि छ वटा महानगरमा कहाँ कसको उम्मेदवार रहने टुंगो छैन।

महामन्त्री शर्माले भरतपुरमा माओवादीले मेयर छाड्न नसक्ने हो भने मित्रवत प्रतिस्पर्धा गर्न सकिने बताउदै देशैभर गठबन्धन गर्न नसकिने पनि बताएका थिए।