• बैशाख २६ २०८३, शनिबार

सत्यमोहन जोशी आइसियूमा

बैशाख ३ २०७९, शनिबार

काठमाडौँ। गत बिहीबारबाट अस्पताल भर्ना भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्यमा थप समस्या आएपछि आइसियूमा सारिएको छ।

बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले उनलाई अस्पताल भर्ना गरिएको थियो।

शुक्रबार राति ११ बजेदेखि मुटुको चालमा अस्थिरता भएको कारण सूक्ष्म निगरानीका लागि आइसियूमा सारिएको किस्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए।

अहिले उनमा पिसाबसम्बन्धी संक्रमण, मुटु सुन्निएको र मुटुको चालसम्बन्धी श्वासप्रश्वास नलीको फाइब्रो ब्रोङ्कएक्टेसिस समस्या देखिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनको उपचारमा प्रा.डा. मिलेशजंग सिजापति तथा प्रा.डा. रामभक्त कोजुको संयुक्त नेतृत्वमा चिकित्सकहरू संलग्न छन्।

चिकित्सकका अनुसार अहिले उनको अवस्था सन्तोषजनक छ।

यसअघि पनि जोशीलाई छाती र पिसाबमा संक्रमण भएर भर्ना गरिएको थियो। उपचारपश्चात करिब एक हप्तापछि उनी गत फागुन २ गते डिस्चार्ज भएका थिए।