पाल्पा । आज शुक्रबार दिउँसाे पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ बल्डेङगढीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
लु १ च ४९०२ नम्बरको बस दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा बसका मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षका एक बालक रहेका छन।
घाइतेहरुको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।