काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब महानिरीक्षक ( डिआइजी) विदुर खड्कालाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
सशस्त्र प्रहरी बलले जनाए अनुसार संगठनसंग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्रभित्रका समाचार तथा सम्पादन भएका जनसरोकारका विषयका सूचना प्रवाह गर्ने जिम्मेवारीसहित उनलाई प्रवक्ता तोकिएको हो ।
यसअघि प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिम्सिना रहेका थिए ।