• बैशाख २४ २०८३, बिहीबार

कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी गीत पठाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार

बैशाख २ २०७९, शुक्रबार

काठमाडौं । कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी गीत पठाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिइने भएको छ ।

कांग्रेस गीत सांस्कृतिक समन्वय उपसमितिले आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसको पक्षमा अडियो तथा भिडियो गीत पठाउनेलाई उक्त पुरस्कार प्रदान गर्ने जनाएको हो।

सो गीत फेसबुक म्यासेन्जरमा पठाउन अनुरोध गरेको छ ।विज्ञप्तिका अनुसार कांग्रेसको चुनावी प्रचारका लागि निर्माण गरिएका गीतहरूमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिनेलाई नगद पुरस्कार दिइने छ ।